पात्रो

रेडियो

समाचार खोजी

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको ५ प्रतिशत बोनस, शतप्रतिशत हकप्रद प्रस्ताव

साझा अर्थ संवाददाता १४ मंसिर २०८१, शुक्रवार

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले  पुस १२ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२  प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

त्यस्तै  बोनस पश्चात कायम हुने चुक्ता पुँजीको १:१ को अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि गरेको छ ।  
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता