पात्रो

रेडियो

समाचार खोजी

तीन इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज

साझा अर्थ संवाददाता ६ कार्तिक २०८१, मङ्गलवार

नेपाल दूरसञ्चार प्राधिकरणले  तीन इन्टरनेट सेवाप्रदायक कम्पनीको लाइसेन्स खारेज गरेको छ। प्राधिकरणले रेग्मी मिडिया इंक, सीडाटा कम्युनिकेसन र लाइफनेटको लाइसेन्स खारेज गरेको हो।

तीन वटै सेवाप्रदायकलाई दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम कारबाहीसहित लाइसेन्स रद्द गरिएको प्राधिकरणले जनाएको छ।

सीडाटा कम्युनिकेसन र लाइफनेटको लाइसेन्स सोमबार खारेज गरिएको हो भने मंगलबार इमेलसहितको सेवा उपलब्ध गराउने रेग्मी मिडिया इंक प्रालिको लाइसेन्स खारेज भएको हो। प्राधिकरणबाट उक्त कम्पनीले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालन अनुमति पाएको थियो।

 

209 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु