काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले हिलटन होटलको उद्घाटन गर्नु भएको छ । काठमाडौँमा सञ्चालनमा आएको होटलेको शुक्रवार प्रधानमन्त्री ओलीेले उद्घाटन गर्नु भएको हो ।
होटलको उद्घाटन गर्दै प्रधानमन्त्ती ओलीले चेल होटन हिलटल सञ्चालनमा आएबाट विदेशी पर्यटक बढाउन मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भएको छ । अन्तर्राष्ट्रिय चेन होटल हिलटनले काठमाडौँमा पहिलो पटक सेवा सुरु गरेकोमा प्रधानमन्त्रीे शुभकामना समेत ब्यक्त गर्नु भयो । काठमाडौंकोे नक्सालमा रहेको उक्त होटल शंकर ग्रुपले आठ अर्बको लगानीमा निर्माण गरेको हो । होटलमा एकसय चौरहत्तर कोठा रहेका छन् । हिल्टन ब्रान्डका होटलहरु अहिले विश्वका १२६ देशहरुमा रहेको बताइएको छ ।
साझा अर्थ संवाददाता