धनकुटा: भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट पाक्स एण्ड अल्ट्राक्सन्स प्रालिले निर्माण गरेको उक्त टावर शुक्रवारबाट सञ्चालनमा ल्याइएको हो ।
टावरको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ र साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । मन्त्री कार्कीले प्रदेशले मनाउन लागेको ‘पर्यटन वर्ष, २०८२’लाई यस परियोजनाले महत्वपूणर् सहयोग पुग्नेमा विश्वास ब्यक्त गर्नुभयो ।
धरान उपमहानगरपालिकाका प्रमुख साम्पाङले यो आयोजनाले धरान र धनकुटामा पर्यटक बढाउन महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । यो परियोजनाले कोशी प्रदेशकै पर्यटन विकासमा महत्वपूणर् भूमिका खेल्ने धारणा साँगुरीगढी गाउँपालिका धनकुटाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले व्यक्त गर्नुभयो ।
धरान तथा धनकुटाको सिमानामा अवस्थित धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ६ मा ११ रोपनी वन क्षेत्रफलमा रु २० कारोड लगानीमा टावर निर्माण गरिएको परियोजनाका कार्यकारी निर्देशक सञ्जिव रोकाले जानकारी दिनुभयो । आगामी दिनमा यस टावरमा बञ्जी जम्प, जीपलाइन र फ्रिफल जस्ता साहसिक खेल सञ्चालनमा ल्याइने कम्पनीका अध्यक्ष आकर्षण पोखरेलले सो अवसरमा जानकारी दिनुभयो ।
साझा अर्थ संवाददाता