काठमाडौं, १३ असारः नेपाल राष्ट्र बैंकले आजकालागि विदेश मुद्राका विनिमय दरको नयाँ सूची सार्वजनिक गरेको छ । जस अनुसार आज भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
अमेरिकी डलर १ को खरिद दर १५० रुपैयाँ ७४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३४ पैसा रहेको छ भने युरोपियन युरो १ को खरिद दर १७१ रुपैयाँ ९६ पैसा र बिक्री दर १७२ रुपैयाँ ६४ पैसा कायम भएको छ ।
पाउन्ड स्टर्लिङ १ को खरिद दर १९९ रुपैयाँ २८ पैसा र बिक्री दर २०० रुपैयाँ ७ पैसा पुगेको छ। स्विस फ्राङ्कको खरिद दर १८६ रुपैयाँ ५२ पैसा र बिक्री दर १८७ रुपैयाँ २७ पैसा हुँदा अस्ट्रेलियन डलरको खरिद दर १०४ रुपैयाँ ३ पैसा र बिक्री दर १०४ रुपैयाँ ४४ पैसा तोकिएको छ ।
यस्तै कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ३९ पैसा र बिक्री दर ४१ रुपैयाँ ५६ पैसा, साउदी रियालको खरिद दर ४० रुपैयाँ १४ पैसा र बिक्री दर ४० रुपैयाँ ३० पैसा तथा युएई दिरामको खरिद दर ४१ रुपैयाँ ४ पैसा र बिक्री दर ४१ रुपैयाँ २१ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिङ्गिटको खरिद दर ३६ रुपैयाँ ८८ पैसा र बिक्री दर ३७ रुपैयाँ ३ पैसा कायम हुँदा कुवेती दिनारको खरिद दर ४८९ रुपैयाँ ५७ पैसा र बिक्री दर ४९१ रुपैयाँ ५२ पैसा रहेको छ ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३३ पैसा र बिक्री दर ९ रुपैयाँ ३६ पैसा तथा चिनियाँ युआन १ को खरिद दर २२ रुपैयाँ १७ पैसा र बिक्री दर २२ रुपैयाँ २६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार यो केन्द्रीय दर भए पनि फरक–फरक वाणिज्य बैंकहरूले तय गर्ने विनिमय दरमा भने केही भिन्नता हुन सक्नेछ ।