पात्रो

रेडियो

समाचार खोजी

अमेरिकी सर्वोच्च अदालतद्वारा ट्रम्पको कार्यकारी आदेश खारेज

साझा अर्थ संवाददाता १७ असार २०८३, बुधवार

काठमाडौँ, १७ असार: अमेरिकाको सर्वोच्च अदालतले आप्रवासीका सन्तानलाई जन्मका आधारमा दिइने नागरिकता अन्त्य गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशलाई खारेज गरिदिएको छ। अदालतको यो फैसलासँगै अमेरिकामा जन्मिने सबैले नागरिकता पाउने विद्यमान संवैधानिक व्यवस्था यथावत् रहने भएको छ। प्रधानन्यायाधीश जोन रोबर्ट्सले सुनाउनुभएको फैसलामा अमेरिकी संविधानको चौधौँ संशोधनले हरेक व्यक्तिलाई दिएको अधिकारको सुनिश्चितता गरिएको उल्लेख छ। छ विरुद्ध तीनको बहुमतबाट भएको यस ऐतिहासिक फैसलामा तीन अनुदारवादी न्यायाधीशहरूले समेत उदारवादी न्यायाधीशहरूलाई साथ दिएका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पदभार ग्रहण गरेकै दिन अर्थात् सन् २०२५ जनवरी २० मा गैरकानूनी वा अस्थायी रूपमा अमेरिकामा रहेका व्यक्तिका सन्तानलाई नागरिकता नदिने भन्दै उक्त कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको थियो। त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले सन् १८६८ मा अनुमोदन गरिएको चौधौँ संशोधनको मर्मलाई कायम राख्दै ट्रम्पको कदमलाई झट्का दिएको हो। अदालतको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अब कङ्ग्रेसमार्फत कानून बनाएरै यो व्यवस्था अन्त्य गर्ने बताउनुभएको छ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु