पात्रो

रेडियो

समाचार खोजी

संसद्‌बाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित

साझा अर्थ संवाददाता १४ असार २०८३, आइतवार

काठमाडौँ, १४ असार: प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि महत्त्वपूर्ण मानिने ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ। आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए। बैठकको अध्यक्षता गरिरहनुभएका सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावलाई निर्णयार्थ सदनसमक्ष पेश गर्दा विपक्षमा कुनै मत नपरेपछि विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका हुन्।

नयाँ बजेट घाटा पूर्ति गर्न र विकास निर्माणका कार्यका लागि आवश्यक पर्ने आन्तरिक ऋण परिचालन गर्न सरकारलाई यस विधेयकले कानुनी अधिकार प्रदान गर्दछ। आर्थिक विधेयक पारित भएसँगै राजस्व संकलनको बाटो खुलेको र यो विधेयक पनि पास भएसँगै सरकारलाई आन्तरिक स्रोत व्यवस्थापनमा सहजता मिलेको छ। सदनमा उपस्थित विभिन्न दलका सांसदहरूले यस विधेयकमाथि विरोधको सूचना दर्ता नगराएका कारण विधेयक सहजै स्वीकृत भएको संसद् सचिवालयले जनाएको छ।

48 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु