पात्रो

रेडियो

समाचार खोजी

प्रकृति संरक्षण कोषको समितिमा तीन अन्तर्राष्ट्रिय विज्ञ नियुक्त

साझा अर्थ संवाददाता १६ असार २०८३, मङ्गलवार

काठमाडौँ, १६ असार: राष्ट्रिय प्रकृति संरक्षण कोषको वैज्ञानिक संरक्षण प्रणाली सुदृढ बनाउन सरकारले तीन विश्वप्रसिद्ध विदेशी विशेषज्ञलाई सञ्चालक समितिमा नियुक्त गरेको छ। कोषकी अध्यक्ष एवं वातावरण मन्त्री गीता चौधरीले नेपालको जैविक विविधतामा योगदान पुर्‍याएका विज्ञहरूलाई नियुक्त गर्नुभएको हो।

नवनियुक्त सदस्यहरूमा बेलायती संसदका सदस्य एवं यूके नेपाल ट्रस्टका अध्यक्ष लर्ड क्यामोइस विलियम स्टोनर, चितवनमा बाघ र गैँडामाथि अनुसन्धान गर्नुभएका अमेरिकी वैज्ञानिक डा. एरिक डिनरस्टाइन र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा क्रियाशील अस्ट्रेलियाकी प्राध्यापक डा. वेन्डी राइट हुनुहुन्छ। ४० वर्षदेखि संरक्षणमा सक्रिय कोषमा गरिएको यस उच्चस्तरीय नियुक्तिले नेपालको पर्यावरण अभियानलाई विश्वव्यापी मञ्चमा बलियो बनाउने विश्वास छ।

49 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्