पात्रो

रेडियो

समाचार खोजी

आर्थिक विधेयक २०८३ प्रतिनिधि सभाबाट बहुमतले पारित

साझा अर्थ संवाददाता १४ असार २०८३, आइतवार

काठमाडौँ, १४ असार: संसद्‌मा लामो समयदेखि जारी बजेटमाथिको छलफलसँगै ‘आर्थिक विधेयक, २०८३’ प्रतिनिधि सभाबाट पारित भएको छ। आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित भएको हो। बैठकको अध्यक्षता गरिरहनुभएका सभामुख डोलप्रसाद अर्यालले सदनको बहुमतबाट विधेयक पारित भएको घोषणा गरे।

नयाँ आर्थिक वर्षका लागि सरकारको राजस्व संकलन, करका दर र वित्तीय नीतिहरू निर्धारण गर्ने यो महत्त्वपूर्ण विधेयक आगामी साउन १ गतेदेखि पूर्ण रूपमा लागू हुनेछ। विधेयक पारित भएसँगै सरकारलाई नयाँ बजेट अनुसार करका दरहरू हेरफेर गर्न र राजस्व परिचालन गर्न कानुनी बाटो खुलेको छ। यसअघि बैठकमा सांसदहरूले उठाएका जिज्ञासा र सुझावहरूमाथि अर्थमन्त्री वाग्लेले स्पष्टीकरण दिएका थिए।

31 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु