पात्रो

रेडियो

समाचार खोजी

नेप्सेमा १६ अङ्कको गिरावट

साझा अर्थ संवाददाता १५ असार २०८३, सोमवार

काठमाडौँ, १५ असार: साताको पहिलो कारोबार दिन असार १५ गते सोमबार नेपाल स्टक एक्सचेन्ज परिसूचकमा गिरावट आएको छ। गत सातादेखि नै लगातार दबाबमा परेको सेयर बजारमा आज पनि मन्दीले निरन्तरता पाएको हो। आज नेप्से परिसूचक १६.५४ अङ्क अर्थात् ०.६२ प्रतिशतले ओरालो लाग्दै २६३२.९६ को विन्दुमा झरेर बन्द भएको छ। बजार सुरुवाती समयदेखि नै कमजोर देखिँदै अन्तिम समयसम्म पनि सम्हालिन सकेन, जसले लगानीकर्ताहरूमा थप अन्योलता थपेको छ।

परिसूचकसँगै आज बजारको कारोबार रकममा पनि उल्लेख्य संकुचन आएको छ। अघिल्लो कारोबार दिन शुक्रबार झन्डै ४ अर्बको सेयर किनबेच भएको बजारमा आज कुल ७६ लाख ९९ हजार २२७ कित्ता सेयर मात्रै खरिदबिक्री हुँदा कुल २ अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँ बराबरको कारोबार भएको छ। नयाँ आर्थिक वर्ष नजिकिँदै गर्दा र लाभांश घोषणाको सिजन सुरु हुन लाग्दा आम लगानीकर्ताहरू पर्ख र हेरको रणनीतिमा बस्दा बजारमा सुस्तता आएको र टर्नओभर खुम्चिएको बजार विश्लेषकहरू बताउँछन्।

78 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु