पात्रो

रेडियो

समाचार खोजी

सम्पत्ति शुद्धीकरण विधेयक सदनमा: वित्तीय अपराध र इन्साइडर ट्रेडिङ नियन्त्रणमा सरकारको जोड

साझा अर्थ संवाददाता १४ असार २०८३, आइतवार

काठमाडौँ, १४ असार: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण निवारण तेस्रो संशोधन विधेयक, २०८३’ प्रतिनिधि सभामा प्रस्तुत गरेका छन्। आज असार १४ गते बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखको अनुमतिपश्चात अर्थमन्त्री वाग्लेले उक्त सरकारी विधेयक सदनसमक्ष पेश गरेका हुन्। प्रतिनिधि सभा नियमावली बमोजिम विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त नभएपछि विधेयक दर्ता प्रक्रिया अघि बढेको हो।

विधेयकको औचित्यमाथि प्रकाश पार्दै अर्थमन्त्री वाग्लेले तस्करी, भन्सार छली, धितोपत्र वा कमोडिटिज बजारमा हुने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) र बजार चलखेल (मार्केट म्यानुपुलेसन) जस्ता कसुरहरू नियन्त्रण गर्न कानुन संशोधन आवश्यक रहेको बताए। उनले मुद्रा, बैंकिङ, वित्तीय, विदेशी विनिमय र बीमा क्षेत्रसँग सम्बन्धित अपराधहरूको अनुसन्धान तथा अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा सुधार गर्नुपर्नेमा जोड दिए। यसअघि जारी भएको अध्यादेशलाई प्रतिस्थापन गर्न संवैधानिक व्यवस्था अनुसार निश्चित समयावधिभित्रै यो विधेयक ल्याइएको मन्त्री वाग्लेले सदनलाई जानकारी गराए।

49 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु