पात्रो

रेडियो

समाचार खोजी

संसदीय अभ्यास बुझाउन सांसदहरूलाई सिंहदरबारमा विशेष प्रशिक्षण

साझा अर्थ संवाददाता १५ असार २०८३, सोमवार

काठमाडौँ, १५ असार: सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका सदस्यहरूका लागि संसदीय कार्यप्रणाली र कानुन निर्माण प्रक्रियाबारे दुई दिने विशेष अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। सचिवालयको संसदीय प्रशिक्षण शाखाद्वारा आयोजित यस कार्यक्रममा सांसदहरूलाई संसद्को दैनिक अभ्यास, मर्यादा र सचिवालय अन्तर्गतका विभिन्न महाशाखाहरूको कार्यविधिको विषयमा जानकारी गराइँदै छ।

अभिमुखीकरण सत्रमा विधेयक संसोधन र कानुन निर्माणका प्राविधिक पक्षबारे तोयानाथ अधिकारीले प्रशिक्षण दिने कार्यतालिका छ। त्यसैगरी, संसदीय समिति प्रणालीको भूमिका र संसद्ले गर्ने निगरानीका विषयमा सचिवालयका पूर्वसचिव ध्रुवराज घिमिरेले स्पष्ट पार्नेछन् भने समग्र संसदीय मर्यादा, नियम र स्थापित अभ्यासबारे संसद् सचिवालयका पूर्वसचिव भरतराज गौतमले सांसदहरूलाई प्रशिक्षित गराउनेछन्।

यो महत्त्वपूर्ण प्रशिक्षण कार्यक्रम सिंहदरबारभित्र सङ्घीय संसद् सचिवालयको नयाँ भवनमा अवस्थित बहुउद्देश्यीय हलमा सञ्चालन भइरहेको छ। संसदीय अभ्यासलाई थप परिपक्व र प्रभावकारी बनाउन यो अभिमुखीकरणले जनप्रतिनिधिहरूलाई मद्दत पुर्‍याउने विश्वास सचिवालयले लिएको छ।

57 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ