पात्रो

रेडियो

समाचार खोजी

निजी शिक्षण संस्थाको अर्थतन्त्रमा १ खर्ब ६० अर्ब योगदान

साझा अर्थ संवाददाता १० असार २०८३, बुधवार
समाचार सारांश
  • गैरसरकारी शिक्षण संस्थाहरूले नेपालको अर्थतन्त्रमा वार्षिक १ खर्ब ६० अर्ब रुपैयाँ योगदान पुर्‍याउनुका साथै ३ लाख ११ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी प्रदान गरेका छन्।
  • हाल देशभर १० हजार ४११ गैरसरकारी शिक्षण संस्था सञ्चालनमा छन्, जहाँ ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत छन्।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ, १० असार 

नेपालको अर्थतन्त्रमा सरकारी स्वामित्वबाहेकका शिक्षण संस्थाहरूको योगदान वार्षिक १ खर्ब ६० अर्ब रुपैयाँ बराबर रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल शिक्षण संस्था सर्वेक्षण २०८१ को नतिजा अनुसार मुलुकको निजी शिक्षा क्षेत्रले कुल मूल्य अभिवृद्धिमा यति ठूलो योगदान पुर्‍याएको हो। हाल गैरसरकारी शिक्षण क्षेत्रमा कुल स्थिर पुँजी लगानी ३ खर्ब ९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ भने यस्ता संस्थाहरूको वार्षिक कुल उत्पादन १ खर्ब ९५ अर्ब रुपैयाँ रहेको छ।

सर्वेक्षण अनुसार देशभर १० हजार ४११ वटा गैरसरकारी शिक्षण संस्थाहरू सञ्चालनमा छन्, जसमध्ये सबैभन्दा धेरै २ हजार ९०३ वटा बागमती प्रदेशमा र सबैभन्दा कम ३७५ वटा कर्णाली प्रदेशमा रहेका छन्। प्रादेशिक लगानीका हिसाबले पनि बागमती प्रदेश १ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँसहित अग्रस्थानमा छ। नेपालका यी शिक्षण संस्थाहरूमा कुल ३७ लाख ४१ हजार विद्यार्थी अध्ययनरत छन् भने संस्थाको औसत मासिक शिक्षण शुल्क ३ हजार ३ सय रुपैयाँ रहेको छ।

यो क्षेत्र मुलुकमा रोजगारी सिर्जनाको ठूलो माध्यम बनेको छ। गैरसरकारी शिक्षण संस्थाहरूले देशभर ३ लाख ११ हजार ५१६ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्, जसमध्ये २ लाख २१ हजार ५०४ जना शिक्षक र ७८ हजार ५१७ जना गैरशिक्षक कर्मचारी छन्। कुल जनशक्तिमध्ये रोजगारी पाउनेमा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको छ। यी संस्थाहरूले कर्मचारीको तलब, ज्याला तथा अन्य सुविधामा मात्रै वार्षिक करिब ७५ अर्ब रुपैयाँ खर्च गर्ने गरेका छन्।

54 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु