काठमाडौँ, १० असार
सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख २६ हजार २३४ दशमलव ४६ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण भएको छ। नेपाल स्टक एक्सचेन्जमा सूचीकृत यस कम्पनीको संस्थापक सेयरलाई सर्वसाधारण सेयरमा परिमार्जन गरिएसँगै अब कम्पनीको सेयर स्वामित्व संरचना परिवर्तन भएको छ। यस रूपान्तरणपछि लघुवित्तको संस्थापक र सर्वसाधारण सेयरको अनुपात ५३ दशमलव ७१६ र ४६ दशमलव २८४ प्रतिशत कायम भएको छ।
हाल नेपाल स्टक एक्सचेन्जमा सामुदायिक लघुवित्तको कुल १७ लाख ८ हजार ५० कित्ता सेयर सूचीकृत रहेको छ। नयाँ स्वामित्व संरचना अनुसार अब रूपान्तरित संस्थापक सेयरधनी समूहको हिस्सा ३१ हजार ७९१ दशमलव ७८८ कित्ता र सर्वसाधारण सेयरधनी समूहको हिस्सा २६ हजार ९०३ दशमलव ६८१ कित्ता कायम भएको छ। धितोपत्र बजारको पछिल्लो कारोबार अनुसार यस वित्तीय संस्थाको सेयर मूल्य प्रतिइकाई १ हजार २२० रुपैयाँमा बन्द भएको थियो।