पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट सम्पन्न

साझा अर्थ संवाददाता ११ असार २०८३, बिहिवार

काठमाडौंः सर्वोत्तम पेन्ट्सको आईपीओ बाँटफाँट सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारण लगानी कर्ताकालागि निष्काशन तथा विक्री खुल्ला गरेको आइपीओ विहिवार विहान बाडफाट सम्पन्न भएको हो ।
विहिवार विहान विक्री प्रबन्धकको कार्यालयमा आइपीओ बाँडफाँट सम्पन्न भएको  शेयर  बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटल ले जनाएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर निष्काशन गरेको थियो । मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको मा ७० हजार ५५० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेको विक्री प्रबन्धकको भनाई रहेको  छ ।

79 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु