पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशसभामा प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत

साझा अर्थ संवाददाता १ असार २०८३, सोमवार

मकवानपुर,१ असार : बागमती प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गर्नुभएको छ । आइतबार बसेको प्रदेश सभाको बैठकमा सो आर्थिक सर्वेक्षणमा उहाँले पेश गर्नु भएको हो ।

मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले प्रदेशको विभिन्न जिल्लामा नयाँ ८०० किलोमिटर सडक निर्माण सम्पन्न गरिएको र खानेपानी, सिँचाइका विद्युतीय योजनालाई कार्यान्वयन गर्दै लगिने जानकारी दिनुभयो ।

मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा सडकका ढल व्यवस्थापन गरिनुका साथै स्तरोन्नति गरिएको, थप सडक कालोपत्र गरी विपन्न जनतालाई सुविधा उपलब्ध गराइएको उल्लेख गर्नुभयो । उहाँले कृषि उत्पादनलाई बढुवा दिन विपन्न समुदायको चेपाङ, तामाङ, जनजाति, दलित, आदिवासीलगायत खस र आर्यलाई केन्द्रमा राखेर आगामी आव २०८३/८४ का लागि आर्थिक योजनाका कार्यक्रम ल्याइने जानकारी दिनुभयो ।

प्रदेशसभाको बैठक आज अपराह्न ४ः०० बजे बस्दै छ ।

40 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु