पात्रो

रेडियो

समाचार खोजी

ईरान अमेरिक विच युद्ध विराम तथा होर्मुज जलडमरूमध्य खोल्न सहमति

साझा अर्थ संवाददाता १ असार २०८३, सोमवार

काठमाडौँ, १, असार : अमेरिका र इरानबीच युद्धविराम तथा होर्मुज जलडमरूमध्य खोल्ने विषयमा सहमती भएको छ । मुख्य मध्यस्थ कर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सोमबार बिहान सर्वप्रथम यो सम्झौताको घोषणा गरेका गर्नु भएको हो । उक्त सम्झौतामा १९ जुन (शुक्रबार) स्विट्जरल्यान्डमा हस्ताक्षर हुने तय भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा यो सम्झौताको पुष्टि गर्दै होर्मुज जलडमरूमा बिना कुनै शुल्क खोल्न मंजुरी दिएको र तुरुन्त अमेरिकी नौसेनाको नाकाबन्दी हटाउन आदेश दिएको बताउनु भएको छ । उहाँले ‘विश्वका जहाजहरू इन्जिन सुरु गरौं र तेल बग्न दिऔं’ भन्ने अभिव्यक्ति दिनु भएको छ । 
इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले सम्झौता भएको पुष्टि गर्दै तेहरानले शुक्रबार हस्ताक्षर नभएसम्म यो लागू नगर्ने बताउनु भएको छ ।  करिब १४ घण्टाभन्दा लामो वार्तापछि यो सहमति जुटेको बताइएको छ । वार्ताको  मध्यस्थतामा पाकिस्तानसँगै कतारको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफका अनुसार दुवै पक्षले लेबनानसहित सबै मोर्चामा तत्काल तथा स्थायी रूपमा सैन्य कारबाही रोक्न सहमति जनाएका छन् । कतार, साउदी अरेबिया र टर्कीले पनि यो सम्झौतामा योगदान पुर्याएको उनले उहाँको भनाई रहेको छ । अमेरिका र इजरायल गठबन्धनले २८ फेब्रुअरीमा इरानमा हवाई आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । ८ अप्रिलमा अस्थायी युद्धविरामपछि सम्झौताको प्रयास सुरु भएको थियो । यो  सम्झौतापछि पश्चिम एसियामा शान्तिको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

45 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ