पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्य प्रति तोला ५ हजार ३०० रुपैयाँले बढ्यो

साझा अर्थ संवाददाता २९ जेठ २०८३, शुक्रवार

काठमाडौँ, २९ जेठः लगातार घटिरहेको सुनको मूल्यमा आज शुक्रबार भने पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ५ हजार ३०० रुपैयाँले बढेको हो। यस वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बिहीबार मात्रै सुन प्रतितोला २ लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघका अनुसार तेजाबी सुनको मूल्यमा पनि तोलामा ५ हजार ३०० रुपैयाँकै वृद्धि देखिएको छ। आज तेजाबी सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिन प्रतितोला २ लाख ८६ हजार रुपैयाँ थियो।

सुनसँगै आज चाँदीको मूल्य पनि उकालो लागेको छ। चाँदी तोलामा १९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ६५० रुपैयाँमा बिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्।

56 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु