काठमाडौँ, १ असारः हाल नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली र पहाडी भू–भागसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईमा आंशिक बादल छ। बाँकी तराईमा मौसम सफा रहनेछ।
हाल कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थान र कर्णालीको एक/दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो हिमाली क्षेत्र र कोशीको पहाडमा साधारणतया बादल रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीको तराईमा आंशिक बादल, तर लुम्बिनी र सुदूरपश्चिमको तराईमा मौस्य सफा रहनेछ। कोशी, बागमती, गण्डकीका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका एक/दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशीको तराई र मधेसका एक/दुई स्थानमा समेत मध्यम वर्षा हुनसक्छ। लुम्बिनी र सुदूरपश्चिमको तराईमा तातो दिन रहनेछ।
राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ। कोशीका हिमाली तथा पहाडी क्षेत्रमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। बागमती र गण्डकीमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।




