पात्रो

रेडियो

समाचार खोजी

असारमा वाणिज्य बैंकको ब्याजदर सामान्य घट्यो

साझा अर्थ संवाददाता ३१ जेठ २०८३, आइतवार
समाचार सारांश
  • असार महिनाका लागि वाणिज्य बैंकहरूको व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेप ब्याजदरमा सामान्य गिरावट आएको छ, जसले निक्षेपकर्ताको प्रतिफलमा कमी ल्याएको छ।
  • व्यक्तिगत मुद्दतीको औसत अधिकतम ब्याजदर ४.३४% बाट घटेर ४.२७% मा पुगेको छ, जसमा राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले सबैभन्दा बढी ४.७५% ब्याजदर दिएका छन्।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : असार महिनाका लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अधिकतम मुद्दती निक्षेप ब्याजदरमा सामान्य गिरावट देखिएको छ। जेठमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकहरूको औसत अधिकतम ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा घटेर ४.२७ प्रतिशतमा झरेको छ।

संस्थागत मुद्दती निक्षेपतर्फ पनि औसत अधिकतम ब्याजदर ३.२० प्रतिशतबाट घटेर ३.१८ प्रतिशतमा आएको छ। अधिकांश वाणिज्य बैंकहरूले असारका लागि ब्याजदर स्थिर राखे पनि केही बैंकहरूले व्यक्तिगत तथा संस्थागत निक्षेपको दर घटाएका छन्।

असारमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ सबैभन्दा बढी ४.७५ प्रतिशत ब्याज राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकले दिने भएका छन्। संस्थागत निक्षेपतर्फ पनि राष्ट्रिय वाणिज्य बैंक र एनएमबि बैंकको अधिकतम ब्याजदर ४ प्रतिशत रहेको छ।

दर घटाउने बैंकमध्ये लक्ष्मी सनराइज बैंक र एनआईसी एशिया बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.५० प्रतिशत विन्दुले घटाएका छन्। हिमालयन बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपमा ०.२५ प्रतिशत विन्दुले दर घटाएको छ। यस्तै, प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती दर ०.१५ प्रतिशत विन्दुले घटाएको छ।

एनएमबि बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपको दर ०.०५ प्रतिशत विन्दुले घटाएका छन्। स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने संस्थागत मुद्दती निक्षेपको दर २.४८ प्रतिशतबाट बढाएर २.७५ प्रतिशत पुर्‍याएको छ।

ब्याजदरमा आएको यो सामान्य गिरावटले बैंकिङ प्रणालीमा निक्षेपको प्रतिफल अझै न्यून तहमा रहेको संकेत गर्छ। निक्षेपकर्ताका लागि बैंकमा पैसा राख्दा आम्दानी घट्दै गएको छ भने कर्जा लिन चाहनेका लागि ब्याजदर घट्दो दिशामा रहनु केही राहतको विषय हुन सक्छ।

71 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ