पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम पेन्ट्सको आईपीओ खुल्यो

साझा अर्थ संवाददाता २८ जेठ २०८३, बिहिवार

काठमाडौः सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडको आइपीओ निष्काशत तथा बिक्री खुल्ला भएको छ ।  आज (जेठ २८ गते) देखि सर्वसाधारण लगानीकर्ताकालागि आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको हो ।

 कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरी सकेको छ ।  कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति नियामक निकाय बाट पाएको थियो ।  सो मध्ये ७ करोड ५ लाख ५० हजार रुपैयाँबराबरको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन तथा विक्री खुल्ला गरेको कम्पनीले जनाएको छ ।

आइपीओ निष्काशन बन्द छिटोमा असार २ गते तथा ढीलोमा असार ११ हुने कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

59 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्