पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना

साझा अर्थ संवाददाता २१ जेठ २०८३, बिहिवार

काठमाडौँ, २१ जेठ: राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ। विसं २०६३ जेठ २१ गते नेपाल सरकारले मुलुकलाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाइन्छ।

राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति प्रेरणा प्रदान गरेको बताउनुभएको छ। नेपालको संविधानले विविधताबीचको एकता, सामाजिक सद्भाव र सहिष्णुतालाई प्रवद्र्धन गर्दै सबै प्रकारको विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणको सङ्कल्प गरेको उहाँको भनाइ छ।

जातीय विभेद तथा छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाले मात्र नहुने भन्दै राष्ट्रपति पौडेलले यसका लागि समाजका सबै तहमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनुपर्ने आवश्यकता औंल्याउनुभएको छ।

उहाँले सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ बनाउन सबै निकाय, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई संवेदनशील हुन हार्दिक आह्वान गर्नुभएको छ। दिवसले सबै नेपालीलाई समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा एकजुट हुन स्मरण गराएको राष्ट्रपति पौडेलको भनाइ छ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु