पात्रो

रेडियो

समाचार खोजी

विकास पत्रकारिता पुरस्कारबाट खड्का सम्मानित

साझा अर्थ संवाददाता ९ जेठ २०८३, शनिवार

दोलखाः नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाले स्थापना गरेको ‘विकास पत्रकारिता पुरस्कार’ बाट राष्ट्रिय समाचार समिति (रासस) का समाचारदाता कालिका खड्का पुरस्कत हुनुभएको छ । दोलखाको चरीकोटमा आज आयोजित सो शाखाको १३औँ साधारणसभाका अवसरमा राष्ट्रियसभाका सदस्य घनश्याम रिजालले खड्कालाई रु १० हजार राशिसहितको पुरस्कार प्रदान गर्नुभयो ।    
    
खड्काले विकास निर्माणका लागि पत्रकारिताको माध्यमबाट महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । उहाँको योगदानको मूल्याङ्कन गर्दै सम्मानस्वरुप पुरस्कार प्रदान गरिएको नेपाल पत्रकार महासङ्घ, दोलखा शाखाले जनाएको छ ।  सोही अवसरमा ईन्द्रमणि पत्रकार पुरस्कारबाट बाट दिपशंकर चौलागाईं, पशुपति चौलागाईं स्मृति गणतन्त्रीक पुरस्कारबाट दुर्गा बस्नेत तथा मेहरमान फाउन्डेन द्वारा स्थापित हेकमृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कारबाट पत्रकार  सिर्र्जना खड्का सम्मानित हुनु भएको महासंघ दोलखा शाखाले जानाएको छ । 
शाखाको साधारण सभाको उद्घाटन शत्र राष्ट्रिय सभाका सदस्य घनश्याम रिजालको प्रमुख आतिथ्यता तथा शाखा अध्यक्ष प्रभुजिरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।   

292 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु