पात्रो

रेडियो

समाचार खोजी

देशबाट बाहिरियो २१ अर्ब रुपैयाँ

साझा अर्थ संवाददाता ८ जेठ २०८३, शुक्रवार

काठमाडौँ, ०८ जेठ: नेपाली बजारमा विद्युतीय सवारी साधन (इभी) को आकर्षण तीव्र गतिमा बढ्दै गएको छ। चालू आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा मात्रै नेपालमा १६ हजार ३९२ थान विद्युतीय गाडी (कार, जिप र भ्यान) भित्रिएका छन्। भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापारको पछिल्लो तथ्याङ्क अनुसार यति ठुलो परिमाणमा इभी आयात हुँदा देशबाट २१ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।

वातावरणमैत्री र इन्धनको बचत हुने भएकाले नेपाली उपभोक्ताहरू माझ इभी गाडीको माग लगातार उच्च बन्दै गएको हो। विभागका अनुसार समीक्षा अवधिमा देशभित्र भित्रिएका गुड्ने बिजुली गाडीहरूका कारण सरकारले अर्बौँ रुपैयाँ राजस्व समेत सङ्कलन गरेको छ।

नेपालमा आयात हुने इभी गाडीहरूमा सबैभन्दा ठुलो हिस्सा छिमेकी मुलुक चीन र भारतको रहेको छ। विशेष गरी मध्यम मूल्य र ५० देखि १०० किलोवाट क्षमताका विद्युतीय गाडीहरू नेपाली सडकका लागि बढी आयात हुने गरेको भन्सारको तथ्याङ्कले देखाउँछ। पेट्रोलियम पदार्थको परनिर्भरता कम गर्न इभीले सहयोग पुर्‍याए पनि छोटो समयमै ठुलो रकम सवारी आयातमा बाहिरिँदा देशको शोधनान्तर स्थिति र व्यापार घाटामा भने यसले थप दबाब सिर्जना गरेको अर्थविद्हरू बताउँछन्।

39 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्