पात्रो

रेडियो

समाचार खोजी

बागमती प्रदेशसभाको वर्षे अधिवेशन जेठ ११ गते आह्वान गर्न सिफारिस

साझा अर्थ संवाददाता ८ जेठ २०८३, शुक्रवार

हेटौँडा, ८ जेठः बागमती प्रदेश मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले बागमती प्रदेशसभाको वर्षे अधिवेशन बैठक यही जेठ ११ गते सोमबार आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

    सोही बैठकले प्रदेश सरकारको कार्य विभाजनको नियमावली संशोधनको निर्णय गरेको सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बताउनुभयो । 

    सो बैठकले भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन पदमा डा त्रिलोचनचन्द्र झा र धादिङ जिल्ला अस्पतालको मेडिकल सुपरिटेन्डन डा नवीन महासेठलाई पदस्थापना गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता प्रभात तामाङले राससलाई जानकारी दिनुभयो ।  

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्