काठमाण्डौः सिद्धार्थ बैंकको संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।े आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।
सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकको भनाई रहेको छ ।