काठमाडौः भारतले चिनी निर्यातमा प्रतिबन्धको असर नेपालका हल्का पेय पदार्थ तथा चक्लेट उद्योगमा पर्ने देखिएको छ । आगामी सेप्टेम्बर ३० सम्मकालागि भारतले चीनी निर्यातमा प्रतिबन्ध लगाएपछि यस्तो समस्या पर्ने देखिएको हो ।
विश्वकै प्रमुख चिनी उत्पादक देश भारतको यो कदमसँगै अन्तराष्ट्रिय बजारमा समेत चनीको मूल्य बढ्न थालेको छ । भारतीय प्रतबिन्धले बजारमा अभाव र कालोबजारी बढ्न सक्ने आशङ्का उब्जीरहेको अवस्थामा नेपाल सरकारले भने तत्काल आत्तनिुपर्ने अवस्था नरहेको दाबी गरेको छ। उद्योगीहरूसँग आगामी ८ महिनाको आन्तरकि माग धान्न पर्याप्त मात्रामा चिनीको मौज्दात सुरक्षति रहेको सरकारको दावी छ । तर अत्यधिक चिनी प्रयोग गर्ने बस्किुट, जुस, चकलेट र पाउरोटी उद्योगहरू यसबाट नराम्रोसँग प्रभावित हुने विश्लेषकहरुको भनार्य रहेको छ । भारतबाट सस्तोमा आयात हुने चिनी रोकिँदा महंगोमा चिनी किन्नु पर्ने अवस्था आउने भएकोले उत्पादन लागत बढी यी उद्योगहरुको बजारमा प्रतिश्पर्धी क्षमतामा ह्रास आउने सम्भावना देखिन्छ।