पात्रो

रेडियो

समाचार खोजी

विद्युत् नियमन आयोगको नेतृत्व चयन प्रक्रिया सुरु: छनोटका लागि तीन सदस्यीय समिति गठन

साझा अर्थ संवाददाता ३१ वैशाख २०८३, बिहिवार
समाचार सारांश
  • ऊर्जा मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धा प्रक्रिया सुरु गरेको छ।
  • ऊर्जामन्त्रीको निर्णयबाट तीन सदस्यीय उच्चस्तरीय छनोट समिति गठन गरिएको छ।
  • यो समितिले १५ दिने सार्वजनिक सूचना जारी गरी आवेदन आह्वान गर्नेछ, जसले ऊर्जा सुशासनमा नयाँ आयाम थप्ने विश्वास छ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत छनोट प्रक्रिया अघि बढाएको छ। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट आयोगका अध्यक्षसहित चार सदस्य पदको सिफारिस गर्न तीन सदस्यीय उच्चस्तरीय छनोट समिति गठन गरिएको हो। सरकारले भर्खरै जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ बमोजिम साविकका पदाधिकारीहरू स्वतः पदमुक्त भएपछि आयोग विगत केही समयदेखि नेतृत्वविहीन अवस्थामा रहेको थियो।

नयाँ गठित समितिको संयोजकत्व ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले गर्नेछन् भने सदस्यहरूमा ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतम र ऊर्जाविज्ञ सतिषनारायण जोशी रहेका छन्। यो समितिले आयोगको पूर्णताका लागि १५ दिने सार्वजनिक सूचना जारी गरी खुला आवेदन आह्वान गर्ने तयारी गरेको छ। विद्युत् नियमन आयोग ऐन अनुसार दर्खास्त दिने अन्तिम मिति सकिएको २१ दिनभित्रै योग्य उम्मेदवारहरूको नाम सर्टलिस्ट गरी मन्त्रालयमा सिफारिस गरिसक्नुपर्ने कानुनी बाध्यता छ। जलविद्युत् क्षेत्रको खरिद सम्झौता , महसुल निर्धारण र प्रसारण लाइन नियमन जस्तो संवेदनशील जिम्मेवारी बोकेको आयोगमा यो नयाँ नियुक्तिले उर्जा सुशासनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

44 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु