पात्रो

रेडियो

समाचार खोजी

हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक

साझा अर्थ संवाददाता ३१ वैशाख २०८३, बिहिवार
समाचार सारांश
  • नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।
  • कम्पनीमा भइरहेको वित्तीय अनियमिततासम्बन्धी अनुसन्धानका कारण प्राधिकरणले यो निर्णय गरेको हो।
  • यद्यपि, कम्पनीले पहिले गरिसकेका पुनर्बीमा व्यवसायका दाबी भुक्तानी भने गर्न पाउनेछ।
This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ : नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको छ।

प्राधिकरणले बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा १ बमोजिम कम्पनीलाई चालु आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय गर्न रोक लगाएको हो।

प्राधिकरणले वैशाख २९ गते निर्णय गर्दै वैशाख ३१ गते सूचना सार्वजनिक गरेको हो।

यद्यपि, कम्पनीले यसअघि गरेको पुनर्बीमा व्यवसायसँग सम्बन्धित दाबी भुक्तानी तथा रेट्रोसेसनसम्बन्धी कार्य भने गर्न पाउने सूचनामा उल्लेख छ।

बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा ४ बमोजिम सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदै प्राधिकरणले सूचना जारी गरेको हो।

पछिल्लो समय कम्पनीसँग सम्बन्धित केही वित्तीय अनियमिततासम्बन्धी अनुसन्धान चलिरहेको अवस्थामा प्राधिकरणले यस्तो निर्णय गरेको हो।

92 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु