पात्रो

रेडियो

समाचार खोजी

म्यानह्याटनमा जेठ ३ गते ‘नेपाल डे परेड’ हुने

साझा अर्थ संवाददाता ३० वैशाख २०८३, बुधवार
समाचार सारांश
  • न्युयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते (मे १६) नेपाली पहिचान र संस्कृति प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपाल डे परेड, २०२६’ आयोजना हुँदैछ।
  • एनआरएनए राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टर लगायत ५० भन्दा बढी संघसंस्थाको संयुक्त आयोजनामा करिब ५,००० नेपालीको सहभागिता रहने अपेक्षा गरिएको छ।
This summary was generated by AI and has been editorially reviewed.

न्यूयोर्क (अमेरिका), ३० वैशाख – न्यूयोर्कको म्यानह्याटनमा आगामी जेठ ३ गते ‘नेपाल डे परेड, २०२६’ आयोजना हुने भएको छ। म्यानह्याटनमा नेपाली पहिचान र संस्कृति झल्काउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

परेडको सम्पूर्ण तयारी भइसकेको आयोजक संस्था गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष वासु लामिछानेले जानकारी दिए। म्यानह्याटनको ३८ स्ट्रिटबाट सुरु हुने परेड २५ स्ट्रिटमा पुगेर समापन हुनेछ।

एनआरएनए न्यूयोर्क च्याप्टर, आदिवासी जनजाति महासङ्घ नेपाल, अमेरिका (फिप्ना) लगायत विभिन्न सङ्घ–संस्थाको संयुक्त आयोजनामा परेड हुन लागेको हो। न्यूयोर्कमा विगत १० वर्षदेखि नेपाल डे परेड आयोजना हुँदै आएको छ। पहिलो पटक सन् २०१६ मा परेड आयोजना गरिएको अध्यक्ष लामिछानेले बताए।

विश्वको आर्थिक राजधानीमा नेपाली कला, साहित्य, गीत, सङ्गीत तथा वेषभूषा प्रदर्शनमार्फत नेपाली पहिचान र संस्कृतिको प्रवर्द्धन गर्नु परेडको मुख्य उद्देश्य हो। विदेशीलाई नेपाली कला–संस्कृति देखाएर नेपाल घुम्न आकर्षित गर्न सकिने आयोजकको विश्वास छ।

यस वर्षको कार्यक्रममा करिब ५० सङ्घ–संस्थाको सहभागिता रहने छ। हरेक सङ्घसंस्थाबाट पाँच जनाका दरले स्वयंसेवक परिचालन गरिनेछ। करिब पाँच हजार नेपालीको सहभागिता रहने अपेक्षा गरिएको फिप्नाका अध्यक्ष एपी लामा शेर्पाले बताए। “परेड २५ स्ट्रिटमा पुगेर सकिनेछ, समापनस्थलको स्टेजमा सांस्कृतिक कार्यक्रममा सीमित व्यक्ति मात्र सहभागी हुनेछन्,” उनले भने।

नेपाल डे परेड म्यानह्याटनको २८ स्ट्रिट, म्याडिसन एभेन्यूबाट सुरु हुनेछ। आयोजकका अनुसार ३८ स्ट्रिटको पार्क एभेन्यूदेखि फिफ्थ एभेन्यूसम्म पूरै सडक बन्द गरिने छ। सहभागीलाई ११ बजेदेखि जम्मा हुन आह्वान गरिएको छ भने दिउँसो १ बजे परेड निस्कनेछ।

आयोजक समितिका आर्थिक संयोजक कृष्ण लामिछानेले परेड आयोजनामा ३८ देखि ४० हजार अमेरिकी डलर खर्च हुने अनुमान रहेको बताए। अहिलेसम्म विभिन्न व्यवसायी, सङ्घसंस्था र व्यक्तिबाट करिब ३३ हजार डलरको प्रतिबद्धता आइसकेको छ। परेडमा सहभागी हुने दुई हजारभन्दा बढीको बिमा गरिएको छ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
69 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु