पात्रो

रेडियो

समाचार खोजी

नेपालमा भेला हुँदै १६ देशका निक्षेप तथा कर्जा सुरक्षण संस्था

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

काठमाडौं । नेपालमा एसियाका विभिन्न १६ ओटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरुलो भेला हुने भएको छ । शुक्रबारदेखि राजधानीमा सुरु हुने एसियाली देशका सुरक्षण संस्थाहरुको सम्मेलन(एसिक कन्फरेन्स)मा ती देशका सरकारी निकायहरु सहभागी हुने भएका हुन् ।

३६ औं एसिक सम्मेलन नेपालले ३० बर्ष पछि गर्न लागेको हो । शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औं बार्सिकोत्सव एवम् एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विस्णुप्रसाद पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको छ । सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ । सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण सुरक्षण निकायहरुको आआफ्नो देशको अनुभवसहित यश क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुने कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिनुभयो ।

यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । "आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ' उहाँले भन्नुभयो । सम्मेलनमा नेपालसहित, भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ लगायत मुलुकका सुरक्ष्ण सस्थाहरुको सहभागिता रहनेछ । सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ ।

327 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता