पात्रो

रेडियो

समाचार खोजी

गगन थापाको नेतृत्व नै आधिकारीक

साझा अर्थ संवाददाता ५ वैशाख २०८३, शनिवार

काठमाडौँ :  सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको नेतृत्वलाई नै आधिकारीकता दिएको छ । यसअघि विशेष महाधिवेशन गरेर नयाँ कार्यसमितिमार्फत नेतृत्वमा आएको गगन थापा समूहलाई निर्वाचन आयोग आधिकारिकता दिँदै रूख चिन्ह प्रदान गरेको थियो । सोही निर्णयलाई सर्वोच्चले शुक्रबार सदर गरेको हो ।
न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त फैसला गरेको हो । यो सँगै काँग्रेसको आधिकारिकताको विवाद सकिएको छ । साथै तत्कालिन काँग्रेस सभपाति शेरबहादुर देउवाले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका पूर्णबहादुरको कार्यवाहक पदमा पूर्ण विराम लागेको छ । 
यो फैसलासँगै विशेष महाधिवेशनलाई मान्यता नदिन पूर्व सभापति शेरबहादुर देउवा समूहले गरेको माग पनि अस्वीकृत भएको छ । विधान बमोजिम माग गरिएको विशेष महाधिवेशन नबोलाई बसेपछि महामन्त्रीहरुद्वारा आह्वान गरिएको विशेष महाधिवेशनले केन्द्रीय समिति खारेज गरी गगन थापाको सभापतित्वमा नयाँ केन्द्रीय समिति गठन गरेको थियो । विशेष महाधिवेशन अबैध भन्दै सर्वोच्चमा देउवाका साथ मुद्दा दर्ता गरेको खड्काले सर्वोच्चमा मुद्दा विचाराधिन रहेको भन्दै आफूलाई कार्यबाहक अध्यक्षको रुपमै प्रस्तुत गर्दै पार्टीको लेटरप्याड र छापको दुरुपयोग गर्दै आएका थिए । उनलाई अनुशासन समितिले सो बारेमा सात दिने स्पष्टीकरण समेत सोधेको छ ।
फागुन २१ को निर्वाचनमा अन्तर्घात गरेको  आरोप समेत लागेका खड्का समूहका नेताहरुको आगामी दिनमा पार्टीमा केकस्तो भूमिका रहन्छ भन्ने कौतुहल राजनैतिक बृत्तमा छाएको छ ।

67 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ