पात्रो

रेडियो

समाचार खोजी

जिरीमा प्रथम बागमती पर्या–साहित्य महोत्सवको आयोजना गरिने

साझा अर्थ संवाददाता २६ चैत २०८२, बिहिवार

चरिकोट: जिरी नगरपालिकाको जिरीमा प्रथम बगमती प्रदेश पर्या साहित्य महोत्सवको आयोजना गरिने भएको छ । सो साहित्यिक महोत्सव चैत्र २८ र २९ गते आयोजना गरिने भएको हो । 
बागमती प्रदेश वन तथा वातावण मन्त्रालयको आयोजनामा साहित्यिक महोत्सव हुन लागेको जिरी नगरपालिकाका मेयर मित्र बहादुर जिरेलले जानकारी दिनुभयो  । वातावरण र साहित्य विचको सम्बन्धलाई शशक्त बनाउने उद्देश्यले महोत्सवको आयोजना  गर्न लागिएको उक्त अवसरमा जानकारी दिइयो  ।   कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका साहित्यकार, संरक्षण कर्मी लगायतको सहभागिता रहने बताइएको छ । दुई दिने उक्त महोत्सवमा प्राध्यापक डाक्टर सञ्जिव उप्रेतिले समसामयिक नेपाली पर्या साहित्यको अवस्था बारेमा तथा साहित्यकार रमेश भुषालले पर्यावरणीय संकट यस क्षेत्रमा भएका उपलब्धी तथा साहित्यमा यसको मूलप्रवाहिकरण विषयमा प्रस्तुतीकरण दिनुहुने महोत्सवको सहआयोजक जिरी नगरपालिकाका मेयर मित्रबहादुर जिरेलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । महोत्सवका अवसरमा विभिन्न जात जातिका झाँकीहरु, जिरीका पर्यटकीय क्षेत्रहरुको भ्रमण लगायतका कार्यक्रमहरु राखिएको छ ।

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु