पात्रो

रेडियो

समाचार खोजी

हिमालयन पावर पार्टनरको ५०% हकप्रद सेयरका लागि बुक क्लोज मिति चैत १०, चैत ९ सम्मका सेयरधनी योग्य

१५,९८१,२५५ कित्ता हकप्रद सेयर निष्कासन हुँदै, चुक्ता पूँजी १.५९ अर्ब रुपैयाँ पुग्ने

साझा अर्थ संवाददाता २८ फागुन २०८२, बिहिवार

काठमाडौँ : हिमालयन पावर पार्टनर लिमिटेड ले ५० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति चैत १०, २०८२ तोकेको छ। यसअनुसार चैत ९ गतेसम्म सेयर धारण गरेका सेयरधनी मात्र प्रस्तावित हकप्रद सेयरका लागि योग्य हुनेछन्।

कम्पनीले हालका सेयरधनीलाई १ः०.५० अनुपातमा कुल १ करोड ५९ लाख ८१ हजार २५५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरको कुल मूल्य करिब ५३ करोड २७ लाख रुपैयाँ बराबर रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६ करोड रुपैयाँ रहेको छ। प्रस्तावित १ करोड ५९ लाख ८१ हजार २५५ कित्ता हकप्रद सेयर समायोजन भएपछि कम्पनीको चुक्ता पूँजी बढेर करिब १ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। समाचार तयार पार्दासम्म हिमालयन पावर पार्टनर लिमिटेडको सेयर मूल्य नेप्सेमा प्रति कित्ता ५१६.०० रुपैयाँमा बन्द भएको छ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ