पात्रो

रेडियो

समाचार खोजी

बीमा प्राधिकरण अध्यक्ष पौडेलबाट पदभार ग्रहण

साझा अर्थ संवाददाता १४ माघ २०८२, बुधवार

ललितपुर: नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हाल्नुभएको छ ।

 

यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो ।

 

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ साल माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।

 

अध्यक्ष पौडेललाई आज नेपाल बीमा प्राधिकरणमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गर्नुभएको थियो ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ