पात्रो

रेडियो

समाचार खोजी

स्थानीयका लागि भुजुङ्ग हाइड्रोपावरको आईपीओ विक्री खुल्ला

साझा अर्थ संवाददाता १२ माघ २०८२, सोमवार

काठमाडौंः भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ निष्काशन तथा विक्री खुल्ला भएको छ । स्थानिय आयोजना प्रभावितहरुकालागि आज बाट अइपीओ विक्री खुल्ला भएको हो । 
कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको मा १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याएको छ । सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिन सकिनेछ । आइपीओ निष्काशन बन्द छिटोमा माघ १५ गते हुनेछ भने ढिलोमा माघ २६ गते हुनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

112 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ