पात्रो

रेडियो

समाचार खोजी

लघुवित्त मर्जरको लहर : किन गाभिँदैछन् साना संस्था?

साझा अर्थ संवाददाता ४ माघ २०८२, आइतवार

नेपालका लघुवित्त संस्थाबीच अहिले मर्जरको लहर चलेको छ। हालै समय समाज लघुवित्त ग्रामीण विकास लघुवित्तमा गाभिएको छ, र स्वरोजगार लघुवित्तले वीन लघुवित्तसँग मर्जरको समझदारी गरेको छ।

विशेषज्ञका अनुसार, ब्याजदर घट्नु, बेस रेट लागू हुनु र सञ्चालन खर्च बढ्नुजस्ता कारणले साना लघुवित्तहरू मर्जरतर्फ आकर्षित भएका छन्। धेरै संस्थाहरूले अब ठूलो संरचनामा गएर कारोबार विस्तार गर्ने रणनीति लिएका छन्।

राष्ट्र बैंकले पनि बजारमा लघुवित्तको सङ्ख्या धेरै भएको बताउँदै मर्जरलाई दीर्घकालीन स्थायित्वको उपायका रूपमा हेरेको छ। अहिले करिब २५ लघुवित्तले मर्जरको एजेन्डा पारित गरिसकेका छन्।

मर्जरपछि सेवाको दोहोरोपन घट्ने, पहुँच विस्तार हुने र ग्राहकका लागि सुविधा बढ्ने अपेक्षा गरिएको छ। तर अर्को पक्ष पनि छ — साना लघुवित्तले प्रतिस्पर्धामा कति समय टिक्न सक्ने?

151 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ