पात्रो

रेडियो

समाचार खोजी

मंसिरमा जीवन बीमा कम्पनीले ४ अर्ब २४ करोडभन्दा बढी बीमाशुल्क संकलन

साझा अर्थ संवाददाता १५ पुष २०८२, मङ्गलवार

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा जीवन बीमा कम्पनीहरूले ४ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्। तथ्यांकअनुसार उक्त अवधिमा ३ लाख ५६ हजार २६५ वटा बीमा पोलिसी बिक्री गर्दै कम्पनीहरूले कुल ४ अर्ब २४ करोड ६८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन्।

मंसिर महिनामा सबैभन्दा बढी बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ। कम्पनीले यस अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसले ५२ करोड ४० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। एलआईसी नेपालले ३६ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सले २६ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने एशियन लाइफ इन्स्योरेन्सले २१ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। आइएमई लाइफ इन्स्योरेन्सले २० करोड ९९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

यसैगरी, सिटिजन लाइफ इन्स्योरेन्सले २० करोड २० लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले १९ करोड ५३ लाख रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १९ करोड १५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाशुल्क संकलन १८ करोड १८ लाख रुपैयाँ रहेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १४ करोड २७ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ भने मेट लाइफले १३ करोड १ लाख रुपैयाँ संकलन गरेको छ। सन नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ८५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। राष्ट्रिय जीवन बीमा कम्पनीले मंसिर महिनामा ५ करोड ६० लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ।

123 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु