पात्रो

रेडियो

समाचार खोजी

निर्माण व्यवसायीको भुक्तानी नरोकिने

साझा अर्थ संवाददाता २ साउन २०८१, बुधवार

काठमाडौँ :  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएको भन्ने गुनासो चाँडै सम्बोधन हुने बताउनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका  पदाधिकारीसँग आज अर्थ मन्त्रालयमा सम्पन्न भेटघाटमा उहाँले निर्माण व्यवसायीले पाउनुपर्ने  भुक्तानी नरोकिने बताउनुभएको हो । 
राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुनेआश्वासन उहाँले उक्त अवसरमा दिनुभयो । उद्योगी तथा विद्युत प्राधिकरण विचको डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने उहाँले बताउनु भयो । सरकार निजी क्षेत्रको अविभावकका रुपमा रहेकाले सबै गुनासो र समस्या सुन्न तथा यसको समाधान खोज्न तयार रहेको उहाँको भनाइ थियो । 
यस्तै लघुवित्त र सहकारी क्षेत्रका समस्या समाधानका लागि सार्थक पहल भइरहेको दाबी गर्दै अर्थमन्त्री पौडेलले नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक  नीति ल्याउँदा विद्यमान समस्या र अवस्थालाई सम्बोधन गर्नेगरी ल्याउने विश्वास समेत ब्यक्त गर्नु भयो । 
हालको  अवस्थामा  सर्वसाधारणदेखि उद्योगी व्यवसायीसम्म सबै क्षेत्रको मनोबल खस्किएको र समग्र अर्थतन्त्र नै शिथिल भएको ले त्यसको निकासका लागि सरकार गम्भीर भएर लाग्नु पर्नेमा नेपाल उद्योगवाणिज्य महासंघका  अध्यक्ष चन्द्रप्रसाद ढकालले जोड दिनु भयो । आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा हज र लचक व्यवस्था राख्नु पर्ने उहाँले बताउनुभयो ।

315 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ