पात्रो

रेडियो

समाचार खोजी

बन्दीपुर केवलकार र लेमन ट्री होटल्सबीच सम्झौता

साझा अर्थ संवाददाता ३ पुष २०८२, बिहिवार

 काठमाडौँ : बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेड र भारतको अग्रणी तथा अन्तरराष्ट्रियस्तरमा स्थापित होटल लेमन ट्री होटल्स लिमिटेडबीच होटल सञ्चालनको लागि १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता भएको छ ।     
     
 बन्दीपुर केवलकारको तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्रीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विलास पवारले मंगलवार आयोजित समारोहमा सम्झौतामा हस्ताक्षर गर्नुभयो ।     
     
कार्यक्रममा बन्दीपुर केवलकारका अध्यक्ष रामचन्द्र शर्मा, बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको तर्फबाट इ पन्थी र लेमन ट्री होटल्सका प्रमुख कार्यकारी अधिकृत पवार, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा, बन्दीपुर केवलकारका प्रमुख कार्यकारी अधिकृत डा रोमनमान श्रेष्ठले सम्झौताले नेपालको पर्यटन क्षेत्रलाई विश्वमा चिनाउने र नेपाललाई पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सघाउ पुग्ने बताउनुभयो ।     
     
 सम्झौताअनुसार बन्दीपुरस्थित होटल अब ‘लेमन ट्री होटल्स’ ब्राण्डको नेटवर्कका रूपमा सञ्चालनमा आउनेछ । यसले होटलको व्यवस्थापन, ब्राण्ड मान्यता, अन्तरराष्ट्रिय बजारीकरण, सेवा विस्तार, गुणस्तर नियन्त्रण, मानव संशाधन विकास तथा वैश्विक आरक्षण प्रणालीमा पहुँच सुनिश्चित गर्नेछ । यसले लगानीकर्ताको विश्वास बढाउने, बजारमा कम्पनीको विश्वासनीयता वृद्धि गर्ने अपेक्षा गरिएको छ ।   

102 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु