काठमाडौं । गरिमा विकास बैङ्क लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरेको छ । बैङ्कले वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम, विविध संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
बैङ्कले देशका विभिन्न आठ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
यस्तै बैकले सुनसरीको इटहरी, पर्साको वीरगञ्ज, चितवनको नारायणगढ, काठमाडौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन गरेको छ ।
साथै बैंकले १९ औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
त्यसैगरी “स्वस्थ जीवनशैलीका लागि खेलकुुद” भन्ने नाराका साथ बैंकले गरिमा रोड रेस अन्तरगतको दोस्रो संस्करण गरिमा रोड रेस, २०८२ समेत सम्पन्न गरेको छ । जसमा एक हजारभन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।