पात्रो

रेडियो

समाचार खोजी

कृषिको उत्पादनलाई दोब्बर बनाउनु पर्नेमा  प्रधानमन्त्रीको जोड

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनुपर्नेमा जोड दिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको १३औँ साधारणसभा बैठकलाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले सो कुरामा जोड दिनुभएको हो । 
कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषिप्रधान देश नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गर्नुभयो । मुलुकको अवश्यकतालाई ध्यानमा राख्दै उत्पादक बढाउन प्रधानमन्त्री ओलीले बैज्ञानिकहरु तथा इञ्जीनयिरहरुलाई आग्रह गर्नु भयो ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ