काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ३८.६७ प्रतिशतले बढेको छ । पहिलो त्रैमासको अवधिमा कम्पनीले ४२ करोड ३४ लाख ९६ हजार रुपियाँ खुद नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३० करोड ५३ लाख ९३ हजार रुपियाँ थियो ।
समिक्षा अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ६१ करोड ३५ लाख ५९ हजार रुपियाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २३.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ४९ करोड ६० लाख १९ हजार रुपियाँ थियो ।
समिक्षा अवधिमा कम्पनीले बीमा दाबीको नौ लाख रुपियाँ पनि प्राप्त गरेको जनाएको छ । कम्पनीको सञ्चालन मुनाफा ३७ करोड ६५ लाखबाट बढेर ४७ करोड १६ लाख पुगेको छ । कम्पनीको कर अगाडीको नाफा भने ४३ करोड ४७ लाख रहेको छ ।
कम्पनीको चुक्ता पुँजी दुई अर्ब ६० करोड २७ लाख रहेको छ । कम्पनीको रिटेन अर्निङ एक अर्ब ७६ करोड रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब २६ करोड ३२ लाख थियो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ बाट १५ प्रतिशत बोनस सेयर वितरण गरेपछि चुक्ता पुँजी बढेको हो । कम्पनीले हालै मात्र आर्थिक वर्ष २०८१/८२ को लागि २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको वार्षिकीकरण नगरिएको प्रति सेयर आम्दानी १३.४९ रुपियाँबाट बढेर १६.२७ रुपियाँ पुगेको छ । कम्पनीको प्रति सेयर नेटवर्थ १६७ रुपियाँ ७८ पैसा रहेको छ । कम्पनीले ४२ मेगावाटको मिस्ट्री खोला र पाँच मेगावाटको तादीखोला आयोजनाबाट नियमित विद्युत उत्पादन गरिरहेको जनाएको छ ।