सहकारी पीडित बचतकर्ता र सरकारबीच ८ बुँदे सम्झौता भएको छ । आइतबार साँझ सम्झौता भएसँगै १०८ दिनदेखि रिले अनसन स्थगित भएको छ । सरकार र सहकारी पीडितबीच सहकारी बचत अपचलनका विषयमा छानबिन समिति बनाउने विषयमा सहमति जुटेको छ । सहकारी विभागका उपरजिष्ट्रारको नेतृत्वमा ५ सदस्यसमिति गठन गर्ने सहमती भएको छ।
समितिमा उपरजिष्ट्रार संयोजक, सहकारी मन्त्रालय, सहकारी महासंघ, सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको प्रतिनिधि हुनेछ ।



साझा अर्थ संवाददाता