पात्रो

रेडियो

समाचार खोजी

चेक बाउन्स मुद्दामा दोषी ठहर भए दुई वर्षसम्म कैद सजाय

साझा अर्थ संवाददाता २३ भदौ २०८१, आइतवार

चेक बाउन्स मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधनं) विधेयक, २०८० माथि दफावार छलफलको क्रममा सर्वसम्मत रूपमा पारित भएको छ । 
सहमति भएसँगै अब चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ । 

१५ लाखसम्मको चेक अनादरमा १ महिना कैद, ५० लाख सम्मकोमा तीन महिना, १ करोडसम्मकोमा १ वर्ष र करोडभन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुने विषयमा सहमति जुटेको समिति सभापति सन्तोष चालिसेले बताए । सजाय दिएर पनि पैसा असुल नहुने अवस्थालाई पनि अन्त्य गर्नुपर्ने र पीडितलाई न्याय हुने गरिनै विधेयकलाई अन्तिम रूप दिइने उनले सुनाए ।

108 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु