पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय सभाको विधायन समितिमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति जुट्यो

साझा अर्थ संवाददाता १५ भदौ २०८२, आइतवार

काठमाडौं: राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति जुटेको छ ।  

शनिबार बसेको समिति बैठकले संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल गर्ने क्रममा दुई वर्षको कुलिङ अफ पिरियड राख्ने विषयमा सहमति भएको हो । यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित गर्ने क्रममा कुलिङ पिरियडमा हेरफेर भएपछि हंगामा भएको थियो भने राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले राजीनामा नै दिनुपरेको थियो ।

योसँगै प्रतिनिधिसभामा हेरफेरसहित पारित भएको कुलिङ पिरियडको प्रावधान अब राष्ट्रिय सभामा सच्चिने भएको छ । विधायन व्यवस्थापन समितिमा एमाले बाहेकका दलहरुले दुई वर्षको कुलिङ पिरियड राख्नुपर्नेमा एक मत भएका थिए ।

समिति सभापति तुलसा कुमारी दाहालले निजामती सेवा विधेयकमा दुई वर्षको कुलिङ पिरियड राख्ने सहमति जुटेको बताएकी छन् ।

126 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ