पात्रो

रेडियो

समाचार खोजी

लुम्बिनी सांस्कृतिकका नगर प्रमुख मुसलमानको निधन

साझा अर्थ संवाददाता १४ भदौ २०८२, शनिवार

बुटवल: रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ ।

७२ वर्षीय मुसलमानको हृदयघातका कारण शनिबार बिहान निधन भएको हो । मुसलमान गत निर्वाचनमा नेपाली कांग्रेसबाट नगर प्रमुखमा विजयी भएका थिए ।

मुसलमानको छातीमा समस्या देखिएपछि परिवारले उपचारका लागि चिकित्सकसहित भैरहवास्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवार निकटले जानकारी दिएका छन् ।

243 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ