पात्रो

रेडियो

समाचार खोजी

देशका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको मन्त्री न्यौपानेको दाबि

साझा अर्थ संवाददाता १३ भदौ २०८२, शुक्रवार

काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेले मुलुकका सबै स्थानीय तह रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृत मुक्त भएको दाबि गरेकी छन् ।  

मन्त्री न्यौपानेको सचिवालयले स्थानीय तह पुनर्संरचना पश्चात् पहिलोपटक देशभरका नगरपालिका तथा गाउँपालिकामा रिक्त वा निमित्त प्रमुख प्रशासकीय अधिकृतको संख्या शून्य पारिएको दाबि गरिएको छ । 

यसअघि १०५ नगरपालिका र ८६ गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सञ्चालन भइरहेकोमा मन्त्री न्यौपानेको आगमनपछि अब सम्पूर्ण स्थानीय तहहरुमा दरबन्दीअनुसारका प्रमुख प्रशासकीय अधिकृत खटाइएकाले मन्त्रालयको दाबी रहेको छ ।

'मन्त्रालयले दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाएको हुदाँ यस अघि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई दिईएको आर्थिक वा प्रशासनिक जिम्मेवारी स्वतः रद्ध भएको छ । यससँगै कर्मचारी सरुवामा हुने बाह्य चलखेलको अन्त्य, चक्रिय सरुवा प्रणाली कार्यान्वयनमा सहजता, सुगममा मात्र बस्ने प्रवृत्ति रोकथाम, दुर्गममा समेत सेवाको पहुँच विस्तार, प्रशासनिक न्यायको अनुभूति, सेवा प्रवाहको गति र कार्यकुशलतामा वृद्धि, सुशासन प्रवर्द्धन, साथै जनप्रतिनिधिबाट प्रमुख प्रशासकीय अधिकृतभन्दा व्यक्ति विशेष रोज्ने प्रवृत्ति अन्त्य हुने अपेक्षा गरिएको छ । सहसचिव प्रमुख प्रशासकीय अधिकृत हुने मध्ये ९ वटा उपमहानगरपालिका र १ वटा महानगरपालिकामा समेत छिट्टै दरवन्दी अनुसारको प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी भईरहेको छ ।'मन्त्री न्यौपानेको  सचिवालयले भनेको छ । 

156 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु