पात्रो

रेडियो

समाचार खोजी

अमेरिकालाई काउन्टर दिदै भारत, ४० देशमा कपडा निर्यातको तयारी

साझा अर्थ संवाददाता १२ भदौ २०८२, बिहिवार

काठमाडौँ : अमेरिकाले भारतलाई बुधबारदेखि अतिरिक २५ प्रतिशत कर गरि कुल ५० प्रतिशत कर लगाएपछि दुवै देशको सम्बन्ध अहिलेसम्मकै खराब अवस्थामा रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले भारतसँग व्यापार सम्झौताका लागि पटक पटक सम्पर्क गर्न खोजे पनि भारतले इन्कार गरिरहेको खबर बाहिर आएका छन् ।

यसैबीच भारतले अमेरिकामा मात्र व्यापारमा भर नपर्ने गरि नयाँ रणनीति बनाउन शुरु गरेको छ । ट्रम्पको करका कारण भारतीय कपडा उत्पादनहरूलाई पनि ठूलो धक्का लागेको छ । तर भारतले अब अमेरिकाको कुरा नसुनेर यो अवस्थालाई अवसरमा परिणत गर्ने योजना बनाएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ । जस अनुसार भारत सरकारले ४० प्रमुख देशहरूमा विशेष सम्पर्क अभियान सुरु गर्ने भएको छ, ताकि यी देशहरूसँग व्यापार सम्झौता गर्न सकियोस् ।

भारतीय कपडा उत्पादनहरू अहिलेसम्म अमेरिकी बजारहरूमा पुग्ने गर्थे । तर अमेरिकाले भारतमा ५० प्रतिशत कर लगाएपछि निर्यात ठूलो मात्रामा प्रभावित हुने भएको छ । तर यो प्रभाव कम गर्न र नाफा बढाउन भारत ४० देशहरूसँग हात मिलाउन तयार देखिएको छ । यी देशहरूमा रूस, फ्रान्स, जर्मनी, इटाली, स्पेन, बेलायत, दक्षिण कोरिया, बेल्जियम, टर्की, संयुक्त अरब इमिरेट्स (युएई), नेदरल्याण्ड्स, पोल्याण्ड, क्यानडा, मेक्सिको, अष्ट्रेलिया र अन्य देशहरू समावेश छन् । भारतले यी देशहरूलाई टिकाउ, गुणस्तरीय कपडा उत्पादनहरू आपूर्ति गर्ने योजना बनाएर काम अगाडी बढाएको रिपोर्टमा दाबी गरिएको छ 

निर्यातको हिसाबले भारत पूर्ण रूपमा अमेरिकामा निर्भर छ भन्ने होइन । भारतले पहिले नै २०० भन्दा बढी देशहरूमा कपडा उत्पादनहरू निर्यात गर्दछ, तर ठूलो अमेरिकी बजारमा निर्यात बन्द गर्दा धेरै क्षेत्रहरूमा निश्चित रूपमा गहिरो प्रभाव पर्नेछ । भारतले यो अवस्थाबाट बाहिर निस्कने योजना बनाइरहेको छ । अमेरिकाको ५० प्रतिशत करले कपडा, छाला, माछा, रसायन, रत्न तथा आभूषण र मेसिनरी जस्ता क्षेत्रहरूमा सबैभन्दा ठूलो प्रभाव पारेको छ । यो करका कारण भारतीय कपडा उद्योग लगभग अमेरिकी बजारबाट बाहिरिनेछ । यसले बंगलादेश, भियतनाम, श्रीलंका, कम्बोडिया र इन्डोनेसिया जस्ता देशहरूलाई फाइदा पुर्‍याउने बताइएको छ ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु