काठमाडौंः माछापुच्छ्रे क्यापिटलको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ साधारण सभा शुक्रबार सम्पन्न भएको हो ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति, नगद लाभांश वितरण तथा सञ्चालक निर्वाचनसम्बन्धी प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ ।
संस्थापक समूह सेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डे निर्विरोध चयन गरिएको छ । सञ्चालक समितिले चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् एक करोड ४३ लाख १६ हजार ९ सय ७५ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीको भनाई रहेको छ । साधारणसभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले विगत वर्षका उपलब्धि, सामना गरेका चुनौती र आगामी योजनाको विवरण पेश गर्नु भएको थियो ।